Saturday, March 23, 2019
Home > खेलकुद समाचार > राखेपका नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाले लिए पद तथा गोपनियताको सपथ

राखेपका नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाले लिए पद तथा गोपनियताको सपथ

काठमाडौ, २८ कार्तिक । नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । सपथग्रहण पछि आयोजित समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । मुलुकको खेल र खेलाडीहरुको हितमा समर्पित हुने नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाको भनाई छ । उहाँले खेलकुद क्षेत्रमा अबाञ्छित गतिविधि हुन नदिने योजना पनि सुनाउनु भयो । तिमिल्सिना यस अघि पनि परिषदको उपाध्यक्ष हुनु भएको थियो । समारोहमा परिषदका नवनियुक्त सदस्यद्धय राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनियताको सपथ लिनु भएको छ । मन्त्री विश्वकर्माले गुरुङ र निरौंलालाई पनि पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । सपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *