Friday, March 05, 2021
Home > खेलकुद समाचार > नेपाली क्रिकेटरहरु जोन्टी रोड्ससँग खेल सिक्दै

नेपाली क्रिकेटरहरु जोन्टी रोड्ससँग खेल सिक्दै

काठमाडौ, २८ कार्तिक । दक्षिण अफ्रिकी क्रिकेट प्रशिक्षक जोन्टी रोड्सले बुधबारदेखि काठमाडौंमा नेपाली क्रिकेटरहरुलाई प्रशिक्षण दिन थालेका छन् ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेलमैदानमा उनले शिविर राखेर प्रशिक्षण दिइरहेका हुन् । १० दिनसम्म चल्ने शिविरमा १७ वर्ष र १९ वर्षमुनिका युवालाई लक्षित गरिएको छ । यो शिविरले उमेर समूहमा उत्कृष्ट नेपाली क्रिकेटलाई सिनियर राष्ट्रिय टोलीसम्म विस्तार गर्न सहयोग गर्ने विश्वास लिइएको छ । रोड्सले नेपाली सिनियर राष्ट्रिय टोली र १९ वर्षमुनिको राष्ट्रिय टोलीलाई पनि छुट्टाछुट्टै प्रशिक्षण दिनेछन् । शिविरमा रोड्सलाई वेस्ट इन्डिज र अफगानिस्तानका पूर्वफिल्डिङ प्रशिक्षक रायन मारोनले सहयोग गरिरहेका छन् । शिविरको एक दिनअघि मंगलबार रोड्सले नेपाली क्रिकेट प्रशिक्षकहरुलाई पनि तालिम दिएका थिए । दक्षिण अफ्रिकी राष्ट्रिय टोलीबाट ५२ टेस्ट र २४५ एकदिवसीय खेल खेलेका रोड्स सन् १९९२ देखि २००३ को अवधिका विश्वकै उत्कृष्ट फिल्डर मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *