Friday, November 27, 2020
Home > आर्थिक समाचार > हस्तकला मेला सुरु

हस्तकला मेला सुरु

काठमाडौ, २८ कार्तिक । काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु भएको छ ।

१६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको हो । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । त्यस अवसरमा उहाँले हस्तकला मेलाका लागि आवश्यक प्रर्दशनी स्थल निर्माण गर्ने घोषणा पनि गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विश्वमा नेपालको परिचय दिलाउन सफल हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनु भएको थियो । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पनि हस्तकला क्षेत्रले उल्लेख्य योगदान दिएको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *