Thursday, September 24, 2020
Home > राष्ट्रिय समाचार > प्रेस स्वतन्त्रताको विषयमा कसैसंग सम्झौता नहुने पत्रकार महासंघका अध्यक्ष आचार्यको भनाई

प्रेस स्वतन्त्रताको विषयमा कसैसंग सम्झौता नहुने पत्रकार महासंघका अध्यक्ष आचार्यको भनाई

विराटनगर, २८ कार्तिक । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले प्रेस स्वतन्त्रताको बिषयमा कसैसंग पनि सम्झौता नहुने वताउनु भएको छ ।

विराटनगरमा आज पत्रकारहरुसंग छलफल गर्दै उहांले आम संचार सम्बन्धी कानून बनिरहेको जानकारी दिंदै संचार सम्बन्धमा कस्तो संरचना बनाउने बिषयमा केन्द्रीय सम्मेलन गर्नु पर्ने धारणा राख्नु भयो । उहांले सो सम्मेलन पूर्वी क्षेत्रको केन्द्रको रुपमा रहेको विराटनगरमा गर्ने र यसका लागि समय निर्धारण गर्न आवश्यक छलफल भइरहेको उल्लेख गर्दै सरकारको रचनात्मक प्रतिपक्षको भूमिका महासंघले खेलिरहेको चर्चा गर्नुभयो । अध्यक्ष आचार्यले मुलुकी संहिताले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउन खोजेको बताउदै यसलाई समाधान गर्न बनेको कार्यदलबाट सकारात्मक कुरा आउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *