Tuesday, July 07, 2020
Home > राष्ट्रिय समाचार > गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने

गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने

विराटनगर, २९ कार्तिक । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने भएको छ ।

जीपी कोइराला फाउण्डेसनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कोइरालाको स्मृतिमा अस्पताल निर्माण गर्ने घोषणा गरेको हो । फाउण्डेसनको प्रदेश–१ की संयोजक इन्दिरा थापाले विराटनगर र धनकुटामध्ये एक ठाउँमा अस्पताल निर्माण हुने जानकारी दिनुभयो । उहाँले अस्पतालका लागि तयारी भइरहेको बताउनुभयो । यसैबीच, मंसिर २ गते आइतबार विराटनगरस्थित फाउण्डेसन परिसरमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य सुजाता कोइराला र डा. शेखर कोइरालाको उपस्थितिमा वृहत अन्तरक्रियासमेत हुने भएको छ । प्रजातन्त्रको उद्गम भूमि विराटनगरमा कांग्रेसका तीनैजना कोइरालालाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न लागिएको संयोजक थापाले जानकारी दिनुभयो । सोही दिन फाउण्डेनको प्रदेश कार्यालय उद्घाटन र गिरिजाप्रसाद कोइरालासँग सम्बन्धित फोटोसमेत प्रदर्शनी गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *