Friday, March 05, 2021
Home > खेलकुद समाचार > सन्दीपले यसवर्ष पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

सन्दीपले यसवर्ष पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

कार्तिक, २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् ।

दिल्लीले यस सिजनका लागि ठूला नामहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन् । दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्स वेल टोलीमा समावेश गरेको छैन । दिल्लीले सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनलाई भने टोलीमा ल्याएको छ । यस्तै पछिल्लो सिजन अन्त्यतिर टोलीको कप्तानी सम्हालेका श्रेयस ऐर, ओपनर पृथ्वी शअ, ऋषभ पन्तसँगै कोलिन मुनरो, क्रिस मोरिस, कागीसो रबाडा र ट्रेन्ट बोल्ट भने टोलीमा रहेका छन् । यसपटक आईपीएल नियमित हुँदै आएको मितिभन्दा केहि अगाडी सर्ने सम्भावना छ । मे महिनामा विश्वकप भएका कारण अप्रिलमा आयोजना हुँदै आएको आईपीएल यसपटक मार्चमा नै सुरु हुने प्रबल सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *