Sunday, March 29, 2020
Home > खेलकुद समाचार > ईपीएललाई आईसीसीको मान्यता

ईपीएललाई आईसीसीको मान्यता

कार्तिक, ३० । आगामी मंसिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले मान्यता दिएको छ ।

इपीएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसीसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसीसीको मान्यता पाएबापत आयोजकले २० हजार अमेरिकी डलर आइसीसीलाई बुझाएको छ । ‘अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रु २७ लाख ५० हजार नेपाल राष्ट्र बैंकमार्फत आइसीसीलाई पठाएका छौं’–इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इपीएलले पठाएको उक्त रकम आइसीसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने विज्ञप्तिमा जनाइएको छ । अहिले नेपाली क्रिकेटको सर्वाेच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) आइसीसीको निलम्बनमा रहेका कारण नेपालमा क्रिकेट प्रतियोगिता गर्दा आयोजकले आइसीसीको मान्यता लिनुपर्ने प्रावधान छ । गत वर्षदेखि इपीएलले आइसीसीको मान्यता लिएर प्रतियोगिता गराएको थियो । यस्तै, आइसीसीको मान्यतापछि विदेशी खेलाडीलाईसमेत लिग खेल्ने बाटो खुलेको छ ।

इपीएलमा नेपालका विभिन्न ६ सहरको नामबाट ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय आयोजकले गरेको थियो । इपीएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *