Monday, June 01, 2020
Home > मुख्य समाचार > पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

सुनसरी, १ मंसिर । दुई दिनको अवधीमा सुनसरीबाट तीनवटा पेस्तोल सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन भारतीय नागरिक रहेका छन् ।

आजमात्रै सुनसरीको सीमावर्ती क्षेत्र भाण्टाबारी र श्रीपुरबाट दुईवटा पेस्तोल सहित तीनजना भारतीय नागरिक पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले श्रीपुर र भाण्टाबारीको नेपाल भारत सीमा क्षेत्रबाट हतियार सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका सुपौल भवानीपुरका १८ वर्षिय विवेक यादव र सुमितकुमार गोइत श्रीपुर नाकामा पक्राउ परेका छन् भने सुनसरीको भाण्टाबारी नाकाबाट सशस्त्र प्रहरीले पेस्तोल सहित भारतीय नागरिक रञ्जितकुमार मुखियालाई नियन्त्रणमा लिएको जनाएको छ । श्रीपुरबाट पक्राउ परेका यादव र गोइतलाई अनटेस्ट मोटरसाइकल सहित श्रीपुर बीओपीबाट खटिएको सुरक्षाकर्मीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो । यस्तै बिआर ५० एफ ३२०६ नम्बरको मोटरसाइकलमा सवार मुखियालाई बीओपी भण्टाबारीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिकको साथबाट पेस्तोल बरामद भएपनि गोलीभने नभेटिएको सशस्त्र प्रहरीले जनाएको छ । भाण्टावारीको चारकुनेबाट पक्राउ परेका मुखिया हत्या आरोपमा भारतमा जेल सजाय भोगी २० दिनअघि मात्रै रिहा भएको बताइएको छ । यसअघि हिजो साँझ धरानको तिनकुनेबाट नेपाल प्रहरीको चेकिङका क्रममा स्कुटीमा सवार साविक सुनसरी मधुवनका श्यामदेव मण्डल अटोमेटिक पेस्तोल र गोली सहित पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *