Sunday, March 29, 2020
Home > राष्ट्रिय समाचार > पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघको नाराबाजी

पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघको नाराबाजी

ललितपुर, १ मंसिर । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समुहका बीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाईएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दबाब दिन दुवै पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन् । पुर्व मन्त्री समेत रहेका केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै झण्डै हातहालाहालको अवस्था श्रृजना भएको थियो । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शुशिल भट्ट लगायतको समुहले महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरिएको जनाएको छ । अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिना लगायतको समुहले नया तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका हुन् । दुवै पक्षले आ–आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् । बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए । नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावलि पास हुन नसक्दा नेवि संगको भावि नेतृत्वमा अन्यौल छाएको हो । भोलि देखि नेवि संघको थप गरिएको पदावधि पनि सकिदै छ । विद्यार्थी नेता भट्ट समुहले हालको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशन मापर्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *