Thursday, June 04, 2020
Home > अन्तराष्ट्रिय समाचार > क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या ७१ पुग्यो

क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या ७१ पुग्यो

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या ७१ पुगेको छ भने एक हजार भन्दा बढी व्यक्ति अझै हराइरहेका छन् ।

आगलागी भएको आज नवौं दिन पुगेको छ भने आगलागीमा परी हजारौं घरहरु जलेर नष्ट भइसकेका छन । स्थानीय अधिकारीले पहिचान भएका केहि व्यक्ति सुरक्षित हुन सक्ने बताएका छन् भने हराइरहेका अन्य व्यक्तिहरुको खोजिकार्य जारी रहेको उनीहरुले जानकारी दिएका छन । क्यालिफोर्निया राज्यको इतिहासमै सबैभन्दा घातक रहेको आगलागीले १ सय ४२ हजार एक्कड क्षेत्रफलमा रहेका घर तथा बजारहरु नष्ट गरेको छ भने उक्त क्षेत्रबाट करिब ४७ हजार मानिसलाई उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *