Sunday, January 17, 2021
Home > आर्थिक समाचार > कपडा व्यापारी आन्दोलित

कपडा व्यापारी आन्दोलित

काठमाडौ, १ मंसिर । सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा मुलुकभरका कपडा उद्योगी आन्दोलनमा उत्रिएका छन् ।

पटक पटकको ध्यानाकर्षण पछि पनि सरकारले माग पुरा नगरकोे भन्दै उद्योगीहरु आ आफ्ना उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । मुल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको नेपाल कपडा उद्योग संघले आज काठमाडौमा पत्रकार सम्मेलन गरि मंसिर ७ गते सम्म मुलुकभरका सबै कपडा उद्योग बन्द गरिने जानकारी दिएको हो । सरकारले बिकल्प विना नै भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएकाले उद्योग संञ्चालन गर्न नसक्ने स्थिति श्रृजना भएको उद्योगीको भनाई छ । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले आफुहरुको माग सम्बोधन नभए एक हप्ताका लागि बन्द भएका कपडा उद्योगहरु सधैका लागि बन्द हुने चेतावनी दिनुभयो । यसअघि संघले कात्तिक १५ गते देखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको थियो । सरकारले नेपाली कपडा उद्योगलाई मुल्य अभिवृद्धि करको छुट दिदै आएको थियो । तर कर छुट दिन नमिले अन्य विकल्पबाट उद्योगलाई सो बराबरको अनुदान उपलब्ध गराउनुपर्ने माग उनीहरुको राख्दै आएका छन् ।

कुल औद्योगिक उत्पादनको ७ प्रतिशत हिस्सा नेपालको कपडा उद्योगले लिएको छ । कुल निर्यात आयमा १५ प्रतिशत योगदान पुर्याएको कपडा उद्योगमा ६० हजार बढीले रोजगारी पाईरहेका छन् । मुलुकभर २ सय ५० वढी कपडा उद्योग छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *