Tuesday, July 07, 2020
Home > खेलकुद समाचार > टी–२० विश्वकप महिला क्रिकेटमा भारतको जित

टी–२० विश्वकप महिला क्रिकेटमा भारतको जित

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई हराएको छ । अष्ट्रेलियालाई ४८ रनले हराउँदै भारत समूह बीको विजेता बनेको छ । वेष्ट इण्डिजको प्रोभिडेन्समा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै एकसय ६७ रनको योगफल तयार पारेको थियो । एकसय ६८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९ ओभरमा चार बलमा एकसय १९ रनमा अलआउट भयो । शनिबारै भएको अर्को खेलमा न्युजिल्याण्डले आयरल्याण्डमाथि ८ विकेटको सान्त्वना जित हात पा¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *