Wednesday, October 28, 2020
Home > खेलकुद समाचार > पोर्चुगल यूईएफए नेशन्स लिगको फाइनलमा

पोर्चुगल यूईएफए नेशन्स लिगको फाइनलमा

पोर्चुगल यूईएफए नेशन्स लिगको फाइनल चरणमा प्रवेश गरेको छ । गएराति इटालीसँग गोलरहित बराबरी खेलेपनि समूह विजेता हुँदै पोुर्चगलले सेमिफाइनलमा स्थान बनाएको हो । लिग ए को समूह तीनमा रहेको पोर्चुगल एक खेल अगावै अर्को चरणकालागि छनोट भएको हो । मिलानस्थित राष्ट्रिय रंगशालामा क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगलबिरुद्ध इटालीले अघिकांश समय बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । समूहमा पोर्चुगलको तीन खेलबाट ७ अंक छ भने इटालीको ४ खेलबाट ५ अंक छ । नेशन्स लिगको लिग ए मा चार समूह छन् । समूहको विजेता टोली फाइनल चरणमा प्रवेश गर्नेछन् । चार टोलीबीच सेमिफाइनल र फाइनल खेल हुनेछ । सेमिफाइनलमा पुग्ने चार टोलीले सन् २०२० को युरोकपमा प्लेअफ खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *