Thursday, October 17, 2019
Home > खेलकुद समाचार > इङ्ल्याण्ड र स्वीजरल्याण्ड युइएफए लिगको सेमिफाइनलमा

इङ्ल्याण्ड र स्वीजरल्याण्ड युइएफए लिगको सेमिफाइनलमा


इङ्ल्याण्ड र स्वीजरल्याण्ड युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा इङ्ल्यान्डलाई जिताउन जेसे लिंगार्ड र ह्यारी केनले एक–एक गोल गरे । क्रोएसियाका आन्द्रेज क्रमारीचले एक गोल फर्काए । जितसँगै इङ्ल्यान्डले लिग ’ए’ समूह ४ बाट सेमीफाइनलमा स्थान बनाएको हो ।

गएराति नै भएको अर्को खेलमा बेल्जियमलाई पराजित गर्दै स्वीट्जरल्याण्ड पनि सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्यान्डले बेल्जियमलाई ५–२ गोलअन्तरले पराजित गरेको हो ।

थोगन हजार्डले १७ मिनेटको अन्तरमा २ गोल गर्दै बेल्जियमलाई उत्कृष्ट सुरुवात दिलाए पनि स्विटजरल्यान्डले खेलमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *