Friday, November 27, 2020
Home > खेलकुद समाचार > विराटनगरमा प्रथम रोनाल्ड म्याकुलि कप क्रिकेट प्रतियोगिता–२०१८ हुने

विराटनगरमा प्रथम रोनाल्ड म्याकुलि कप क्रिकेट प्रतियोगिता–२०१८ हुने

विराटनगर, ३ मंसिर । नेत्रहीन खेलाडीहरुको क्षमता विकास एवं आत्मवल वढाउने उद्धेश्यले विराटनगरमा प्रथम रोनाल्ड म्याकुलि कप क्रिकेट प्रतियोगिता–२०१८ हुने भएको छ ।

नेत्रहीन क्रिकेटसंघ नेपालको आयोजनामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुन लागेको हो । संघले विराटनगरमा आज पत्रकार सम्मेलन गरी प्रतियोगितावारे जानकारी गराएको हो । प्रतियोगितामा म्याग्दी, झापा, वर्दिया जिल्लाका तथा त्रिभुवन आर्मी क्लव द्धन्दपिडित घाइते सैनिकगरि चार टिमको सहभागिता रहने छ । विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगितामा प्रथम हुनेलाई २० हजार तथा द्धितिय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैया खर्च हुने आयोजकले जनाएको छ । उद्घाटनको पहिलो खेल झापा र वर्दिया विच हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *