Wednesday, May 27, 2020
Home > मुख्य समाचार > कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी

कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारीहरुले विगत ५ महिनादेखि तलब पाएका छैनन् । कर्मचारीले अषाढदेखि तलब नपाएका हुन । कर्मचारीहरुले बृहत्तरका अध्यक्ष शालिग्राम सिंहको लापरवाही र मनोमानीका कारण हालसम्म तलब पाउन नसकेका हुन् । उनिहरुले आफुहरुले तलव माग गर्दा अनावश्यक दुख दिने गरेको समेत बताएका छन । कर्मचारीहरुले अध्यक्ष सिंहले दुव्र्यहार गरेको र अनावश्यक मानसिक तनाव दिने गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेका छन । कार्यालयका सवारी चालक विक्कीकुमार चौधरीले लामो समयदेखि तलब नपाएका कारण आफुहरुले कार्यालयमा तालाबन्दी गरेको जानकारी दिनुभयो । २६ जना कर्मचारी कार्यरत रहेको बृहत्तरमा तालाबन्दी भएपछि दैनिक काम प्रभावित भएको छ । यता, तलव नपाएर तालाबन्दीका विषयमा अध्यक्ष सिंहले भने तलवको विषय नभई कर्मचारीसँग आफुले समयमा कार्यालयमा नआउँदा स्पष्टिकरण सोधेकाले त्यसकै कारण उनीहरुले तालाबन्दी गरेको बताउनु भएको छ । कार्यालय मार्फत करोडौँको कामहरु भएपनि आफूहरुले तलब पाउन नसक्दा चाडबाड समेत मनाउन नपाएको कर्मचारीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *