Friday, November 15, 2019
Home > मुख्य समाचार > मंसिर ८ गते देखि विराटनगरबाट माउन्टेन फ्लाइट हुने

मंसिर ८ गते देखि विराटनगरबाट माउन्टेन फ्लाइट हुने

विराटनगर, ४ मंसिर । लामो समयको प्रतिक्षापछि नीजि क्षेत्रको पहलमा विराटनगरबाट माउन्टेन फ्लाइट हुने भएको छ ।

विराटनगरका ७ जना ट्राभल्स एजेन्सीहरु मिलेर यति एयरलाइन्सको बिमान चार्टर गरेर माउन्टेन फ्लाइट सुरु गर्न लागिएको हो । माउन्टेन फ्लाइट संचालन गर्ने विराट होलिडेजले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आउँदो मंसिर ८ गते शनिबार बिहान साढे ६ बजेदेखि माउन्टेन फ्लाइट हुने जानकारी दिएको हो । संस्थाका अध्यक्ष भविष श्रेष्ठका अनुसार ५५ मिनेट हुने फ्लाइटबाट कञ्चनजंघा, मकालु, सगरमाथा, ल्होत्सेको दृश्यावलोकन हुनेछ । विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट सुरु गरिएको उहाँले बताउनु भयो । सरकारले विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भनेको भएपनि पर्यटन व्यवसायीको लामो प्रयास असफल भएको थियो । त्यसपछि माउन्टेन फ्लाइट गर्न कुनै पनि एयरलायन्सले नमान्दा आफैंले बिमान चार्टर गरेर फ्लाइट सुरुवात गरेको ट्राभल्स एजेन्सीहरुको भनाइ छ । माउन्टेन फ्लाइटका लागि ९ हजार ९ सय शुल्क तोकिएको छ । काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि ११ हजार ६ सय ५० रुपैयाँ लाग्ने गरेको छ । २९ सिटे बिमान भएपनि १९ जनाका लागि मात्रै झ्याल हुने भएको कारण १९ जना लिएर बिमान उड्नेछ । प्रत्येक हप्ताको शनिबार फ्लाइट गरिने श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *