Thursday, February 27, 2020
Home > खेलकुद समाचार > सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने पक्का

सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने पक्का

४, मंसिर । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्ने पक्का भएको छ ।

लामिछाने पाकिस्तान सुपर लिगको अन्तिम छनोटका क्रममा लाहोर क्वालेन्डर टिममा अनुबन्ध भएका हुन् । पाकिस्तानको इस्लामाबादमा जारी खेलाडीहरुको अन्तिम अनुबन्धमा विश्वभरका ३ सय ७१ क्रिकेटरलाई सहभागी गराइएको थियो । सुरुवाती सूचीमा परेका खेलाडीबाट अन्तिम सूची तयार गरिएको हो । नेपाली स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिगको गोल्डेन क्याटेगोरी र सोमपाल कामी सिल्भर क्याटेगोरीमा परेका थिए । फेब्रुअरी १७ देखि पाकिस्तान सुपर लिग (पीएसएल) सुरु हुँदैछ । अक्सनबाट छनोट भएका सन्दीप लामिछानेले ५० हजार डलर पारिश्रमिक पाउने पक्का भएको छ । सन्दीपले यसअघि आईपीएल, क्यारेबियन प्रिमियर लिग, क्यानेडियन लिग र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । गत संकरणमा सन्दीप ड्राफ्टमा परेर पनि छनोट भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *