Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन

काठमाडौ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरे अनुसार विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर आवश्यक नीति निर्माण गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई निर्देशन दिनु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज बसेको प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तरद्धन्द्धमा फसेका नीतिहरुलाई पुनरावलोकन गरेर संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लागि आवश्यक नीति बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिनु भयो । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी आवश्यक नीति पुनरावलोकन गर्न प्रधानमन्त्रीले प्रतिष्ठानलाई निर्देशन दिनु भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको काममा सरकारले हस्तक्षेप नगर्ने पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले विद्यमान नीति पुनरावलोकन गर्न समाजशाष्त्री डा. चैतन्य मिश्रको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरु रहेको प्रतिष्ठान गठन गर्नु भएको थियो । प्रतिष्ठानलाई सरकारको नीति, निर्माण गर्ने सबै तहलाई संयोजन गरेर अघि बढने कार्यादेश समेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *