Sunday, January 17, 2021
Home > अन्तराष्ट्रिय समाचार > आत्मघाती विस्फोटमा ५० को मृत्यु, ८३ घाइते

आत्मघाती विस्फोटमा ५० को मृत्यु, ८३ घाइते

अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक आत्मघाती हमलाकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तिमा एकहजार मानिस रहेको बताइएको छ । विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको थियो । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । स्लामिक स्टेट र तालिवान लडाकूले यसअघि यस्तै किसिमको आक्रमण गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *