Wednesday, May 27, 2020
Home > मनोरञ्जन समाचार > सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल हुने

सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल हुने

विराटनगर, ६ मंसिर । विराटनगर स्थित ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेको छ ।

किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का विजेतालाई २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरिएको हो । ए–वान ईन्टरटेन्मेन्ट प्रालिले आज विराटनगरमा पत्रकार सम्मेनलको आयोजना गरी ७ औं संस्करणको मिस पुर्वेली सुपर मोडल हुने बारे जानकारी गराएको छ । ए–वान इन्टरटेनटमेन्टले हरेक बर्ष गर्दै आएको मिस पूर्वेली सुपर मोडल सातौं सस्करणको पहिलो अडिसन आगामी मंसिर १० गते महेन्द्र चोकमा रहेको टेन्स एलाभेन लाउन्जमा हुने ए– वान ईन्टरटेडमेन्टका चियरपर्सन किरण लामाले जानकारी दिनुभयो । प्रदेश नम्बर एक भरी रहेका १८ देखि २५ वर्ष समूहका अविवाहित किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने लामाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजार नगद सहित १० लाखको लाईफ ईन्सोरेन्स र एक हप्ता सम्मको ईन्डोनेसियाको वालीको भ्रमण गर्न पाउने छन् । यस अघि सो प्रतियोगिताका विजयीलाई स्कुटर र नगद पुरस्कार दिइने गरिएको थियो । त्यसैगरी फस्ट रनरअपले नगद १ लाख र ५ लाखको ईन्सोरेन्स र वालीको भ्रमण गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *