Friday, November 27, 2020
Home > मुख्य समाचार > राजा बाबुको गोली हानी हत्या, स्थानीय आन्दोलित

राजा बाबुको गोली हानी हत्या, स्थानीय आन्दोलित

कपिलवस्तु, ८ मंसिर । गत बर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहनु भएका दिपेन्द्रकुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरि हत्या गरिएको छ ।

जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकैको सडकमा गएराती अज्ञात समूहले उहाँलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भिर घाईते भएका चौधरीको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका क्रममा भैरहवा पुर्याउदा मृत्यु भएको कपिलबस्तु प्रहरी जनाएकोे छ । गोली प्रहार भएको स्थानमा गोलीका ५ खोका र १ वटा गोली भेटिएको छ । हत्यापछि आन्दोलित भएका स्थानीयले स्थानीय अजित पाण्डेयको घर,टयाक्टर तथा धान काटने पम्पाईन मेशिनमा आगजनी गरेका छन । प्रर्दशन अनियन्त्रित भएपछि प्रहरीले दर्जन बढी हवाई फायर, अश्रुग्याँस र गोली प्रहार गरेको छ । प्रहरीको गोली लागि १ जना घाईते भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *