Wednesday, May 27, 2020
Home > खेलकुद समाचार > शहीद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेल सकिए

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेल सकिए

ललितपुर, ८ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेल सकिएका छन । तेस्रो चरण सम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबले मात्र लगातार तीन खेलमा जित हात पार्दै तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् ।

सशस्त्र प्रहरी बलको मैदानमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा जावलाखेल युथ क्लबमाथि २–१ गोलको जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अहिले सम्म २ खेलमा जित र एक खेलमा बराबरी खेलेको शेर्पाले ७ अंक जोड्दा ७ अंक भएको आर्मी चौथो स्थानमा छ । यसअघि आजै भएको पहिलो खेलमा सरस्वतीले फ्रेण्ड्स क्लबलाई ३–० ले हराउँदै लिगमा पहिलो तीन अंक जोडेको छ । एपीएफ मैदानमा भएको खेलमा सरस्वतीलाई जित दिलाउनका लागि तीनैवटा गोल विदेशी खेलाडीले गरेका थिए । चौथो चरणका खेल आगामी सोमबारदेखि शुरु हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *