Tuesday, July 07, 2020
Home > राष्ट्रिय समाचार > आफुहरुलाई आतंककारी पुष्टी गरेर देखाउन सरकारलाई चुनौति

आफुहरुलाई आतंककारी पुष्टी गरेर देखाउन सरकारलाई चुनौति

काठमाडौ, ८ मंसिर । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफुहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज काठमाडौको भृकुटीमण्डमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आतंककारीको पुष्टी गर्न सरकारलाई चुनौति दिनुभएको हो । सरकारको कार्यशैलीबाट आफुहरुले वर्तमान सरकारलाई सामाजिक रुपको दलाल पुँजीवादी सरकार हो भनेर संस्लेषण गरेको बताउनुभयो । आफ्नो पार्टीलाई अघोषित प्रतिबन्ध लगाउने प्रयास भईरहेको भन्दै उहाँले त्यसो नगर्न सरकारलाई चेतावनी दिनुभयो । जनसभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताईए पनि उहाँ उपस्थित रहनु भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *