Thursday, September 24, 2020
Home > खेलकुद समाचार > टोटनह्याम हट्सपरले अंक तालिकामा चेल्सीलाई उछिन्यो, वेष्ट ह्याम सिटीसंग पराजित

टोटनह्याम हट्सपरले अंक तालिकामा चेल्सीलाई उछिन्यो, वेष्ट ह्याम सिटीसंग पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको अपराजित श्रृंखला तोडिएको छ । गएराति भएको खेलमा चेल्सीलाई आफ्नै शहरको प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरले ३–१ ले पराजित ग¥यो । टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन डेले अली, ह्यारी केन र सन हिउङ मिनले एक–एक गोल गरे । पराजित टोली चेल्सीका ओलिभर जिरुले एक गोल फर्काए । जितसँगै टोटनह्याम हट्सपरले प्रिमियर लिगको अंक तालिकामा चेल्सीलाई उछिनेको छ । तेस्रो स्थानमा उक्लिएको टोटनह्यामले १३ खेलबाट ३० अंक जोडेको छ । समान खेलबाट २८ अंक जोडेको चेल्सी चौथो स्थानमा छ । ३५ अंकसहित म्यान्चेस्टर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ । गएरातिको खेलमा सिटीले वेष्ट ह्याम युनाईटेडलाई ४–० ले हरायो । म्यान सिटीलाई विजयी गराउन लेरोए सानेले दुई गोल गरे भने राहिम स्टर्लिङ र डेभिड सिल्भाले १–१ गोल गरे । गएरातिकै अर्काे खेलमा लिभरपुलले वाट्फोर्डलाई ३–० ले हराउँदा फुल्हमले साउथह्यापटनमाथि ३–२ को जित निकाल्यो । गएरातिको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडलाई क्रिष्टल प्यालेसले गोलरहित बराबरीमा रोक्दा ब्राईटन र लेष्टर सिटीले १–१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *