Thursday, September 24, 2020
Home > मुख्य समाचार > घरमा सल्केको आगामा परि एकै परिवारको ४ जनाको मृत्यु

घरमा सल्केको आगामा परि एकै परिवारको ४ जनाको मृत्यु

अचानक घरमा सल्केको आगामा परि झापाको शिवसताक्षी—७ लालझोडामा गएराति दुई नाबालकसहित एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीय राधिका, ४ वर्षीया छोरी चन्द्रा र ५ महिनाका छोरा टिकारामको मृत्यु भएको हो । आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको छ । आगलागीले घर पूर्णरुपमा जलेकाले के कारणले आगलागी भयो भन्ने अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । राती करिब साढे १० वजे स्थानीय खनालको घरमा आगो दन्किरहेका देखिएको थियो । आगो देखेपछि निभाउन स्थानीयहरु पुगेपनि लक्ष्मण सहित उनका परिवारलाई बचाउन भने नसकेको वडा नम्बर ७ का अध्यक्ष नवीन इजमले जानकारी दिनुभयो । स्थानीयका अनुसार ट्रयाक्टर र थ्रेसर समेत चलाउदै आएका खनालको उक्त २ तले काठको घरमा पेट्रोलियम पदार्थ समेत राख्ने गरिएको थियो । पेट्रोलियम पदार्थका कारण आगो चाँडै सल्केर मानवीय क्षति भएको प्रहरीको अनुमान छ ।् शिवसताक्षी नगरपालिकामा वारुणयन्त्र नभएका कारण दमक नगरपालिकाबाट आगो निभाउन पुगेको दमकल क्षति भइसकेपछि मात्र पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *