Sunday, March 29, 2020
Home > खेलकुद समाचार > ए डिभिजन लिगमा सरस्वती युवा क्लबको लगातार दोस्रो जित

ए डिभिजन लिगमा सरस्वती युवा क्लबको लगातार दोस्रो जित

ललितपुर, ११ मंसिर । सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सरस्वती २–० ले विजयी भएको हो । सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । कप्तान दीपेश श्रेष्ठको पासमा विनोद केसीले गोल गर्दै अग्रता दिलाएका थिए । तर सरस्वतीको अग्रता लामो समय टिकेन । सातौं मिनेटमा नै ब्रिगेड ब्वाइजले बराबरी गोल फर्कायो । विदेशी खेलाडीको तालमेलमा ब्रिगेड ब्वाइज खेलमा फर्केको थियो । काजिमले दिएको पासलाई अब्दुल करीमले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको सुरुवातमा नै सरस्वतीले पुन अग्रता लियो । ५२ औं मिनेटमा भिक्टरको क्रसलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका फ्रान्सिसले हेडरमार्फत गोल गरे । खेलको अन्तिम समयमा ब्रिगेड ब्वाइजले लगातार आक्रमणमा दबाब बनाएपनि गोल गर्न नसक्दा खेलमा फर्कन सकेन । यस जितसँगै सरस्वतीले ४ खेलमा ६ अंक जोडेको छ । सुरुवाती दुई खेलमा पराजित सरस्वतीले लगातार दुई खेल जित्दै अंक तालिकामा उकालो लागेको छ । यता पछिल्लो खेलमा एपीएफलाई हराएको ब्रिगेड ब्वाइज भने ४ खेलमा १ जित र ३ हार सहित ३ अंकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *