Wednesday, May 27, 2020
Home > खेलकुद समाचार > कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो

कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा कार्डिफ सिटी विजयी भएको छ । उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन र जुनियर होइलटले गोल गरे । खेलमा अग्रता भने उल्भरह्याम्टनले लिएको थियो । १८ औं मिनेटमा म्याट डोकर्टीले गोल गर्दै सुरुवाति अग्रता दिलाए । तर दोस्रो हाफमा कार्डिफ खेलमा फर्कियो । उसका लागि गुनार्सनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए भने ७७ औँ मिनेटमा होइलटले गोल गर्दै जित दिलाए । जितपछि १४ खेलबाट ११ अंक भएको कार्डिफ १५ औँ स्थानमा उक्लिएको छ । १६ अंकसहित उल्भरह्याम्टर ११ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *