Sunday, July 05, 2020
Home > खेलकुद समाचार > युनाइटेड साउथह्यम्पटनसँग अंक खोस्न सफल, न्यूक्यासल भने वेष्टह्यामसँग पराजित

युनाइटेड साउथह्यम्पटनसँग अंक खोस्न सफल, न्यूक्यासल भने वेष्टह्यामसँग पराजित


इंग्लिस प्रिमियर लिगको सबैभन्दा सफल टिम म्यानचेस्टर युनाइटेड गएराति भएको खेलमा साउथह्यम्पटनसँग अंक खोस्न सफल भएको छ । साउथह्याम्टनको मैदानमा भएको खेलमा घरेलु टिमले लिएको दुई गोलको अग्रता पुनरागमन गर्दै युनाइटेडले बराबरीमा रोक्यो । १३ औं मिनेटमा स्टुवार्ट आर्मस्ट्रङले उत्कृष्ट गोल गर्दै साउथयाम्टनलाई अग्रता दिलाए । त्यसको सात मिनेटमै सेड्रिक सोरेसले फ्रिकिकमार्फत गोल गरेपछि साउथह्याम्टनले अग्रता दोब्बर बनायो । ३३औं मिनेटमा मार्कस राफोर्डको पासमा रोमिलु लुकाकुले गोल गर्दै साउथह्याम्टनको अग्रता २–१ मा छोट्याएका थिए । त्यसको ६ मिनेटमा नै एन्डर हरेराले गोल गरेपछि खेल बराबरीमा पुग्यो । हरेराले पनि रासफोर्डको पासमा गोल गरेका थिए । दोस्रो हाफमा गोल हुन नसक्दा युनाइटेड र साउथह्याम्नटले १–१ अंक बाँढे । बराबरीपछि युनाइटेडले २२ अंक सहित एक स्थान माथि चढ्दै सातौंमा पुगेको छ । साउथह्याम्टन भने नौ अंक सहित रेलिगेसन जोनमा छ । न्यूक्यासल युनाइटेड भने वेष्टह्याम युनाइटेडसँग आफ्नै मैदानमा पराजित भएको छ । वेष्टह्यामलाई जित दिलाउनका लागि जावियर हर्नाण्डेजले दुई गोल गरे । उनले ११औं र ६३औं मिनेटमा गोल गरेका थिए । वेष्टह्यामका लागि तेस्रो इन्ज्युरी समयमा फिलिपे एन्डरसनले गरेका थिए । जितसँगै वेष्टह्यामले १५ अंक बनाएको छ भने न्यूक्यासलको १२ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *