Thursday, June 04, 2020
Home > खेलकुद समाचार > लुका मोड्रिचलाई ‘बलोन डि ओर’ अवार्ड

लुका मोड्रिचलाई ‘बलोन डि ओर’ अवार्ड

एजेन्सी । क्रोएसियन फुटबल खेलाडी लुका मोड्रिचले विश्व फुटबलको प्रतिष्ठित ‘बलोन डि ओर’ उपाधि जितेका छन् ।

पेरिसमा गएराति आयोजित एक भब्य समारोहमा स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर मोड्रिचलाई यो वर्षको बलोन डि ओर अवार्डबाट सम्मानित गरिएको हो । पछिल्लो एक दशकमा बलोड डि ओरको उपाधि हात पार्ने मोड्रिच तेस्रो खेलाडी हुन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीले लगातार उत्कृष्ट फुटबलरको अवार्ड जितिरहँदा मोड्रिचले उनीहरुको दबदबा तोड्दै विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरेका थिए । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो उपाधि हात पारेका छन् । यसपटक रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको मड्रिड एवं फ्रान्सका खेलाडी एन्टोइन ग्रिजमन तेस्रो स्थानमा रहे । फ्रान्सकै अर्को खेलाडी किलियन एम्बाप्पेले चौथो स्थान हासिल गरे । उत्कृष्ट युवा खेलाडीलाई दिईने कोपा ट्रफी भने एम्बाप्पेले हात पारे । ३३ वर्षीय मोड्रिचले गतवर्ष रियाल मड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउँदा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *