Sunday, May 26, 2019
Home > राष्ट्रिय समाचार > चाडवाडमा सकिएपछि पनि इटहरीमा बजार अनुगमन

चाडवाडमा सकिएपछि पनि इटहरीमा बजार अनुगमन

इटहरी, १८ मंसिर । स्थानीय तहले चाडवाडका वेलामात्र वजार अनुगमन गर्ने गरेको आरोप लागिरहेको वेला इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ ।

इटहरी उपमहानगरले इटहरी खनार क्षेत्रको वजारमा छड्के अनुगमन गरेको हो । किराना,होटल र मिठाइ पसल लगायत विभिन्न पसल अनुगमन गरिएको हो । उपभोक्ता हित संरक्षण शाखा प्रमुख विजय मगरका अनुसार अघिकाँश पसल ब्यवसाय दर्ता नगरी संचालन गरेको पाइएको छ । होटलमा भान्सा सरसफाई नगरिएको,किराना पसलमा विक्रि गर्नका लागि राखिएका सामानको मूल्य मेटाएको,नापतौल नविकरण नभएको विक्री विल नराखेको पाइएको छ । इटहरी उपमहानगरको नेतुत्वमा जिल्ला प्रशासन र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि,उपभोक्ता संरक्षणमा मञ्च,संचारकर्मी,प्रहरी संलग्न टोलीले वजार अनुगमनलाई तिब्र बनाएपछि आम उपभोक्ताहरु खुशी भएका छन । उपमहानगरको छड्के वजार अनुगमनले भने केही व्यवसायीहरु सचेत भएका छन । इटहरी उपमहानगरपालिककी उपप्रमुख लक्ष्मी गौतमले बजार अनुगमनलाई निरन्तरता दिने र परिणात्मक बनाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *