Sunday, July 05, 2020
Home > मुख्य समाचार > विवादस्पद संस्थाले आयोजना गरेको कार्यक्रममा सरकारको सहभागिताबारे नेताहरुको आपत्ति

विवादस्पद संस्थाले आयोजना गरेको कार्यक्रममा सरकारको सहभागिताबारे नेताहरुको आपत्ति

काठमाडौ, १८ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाउनु भएको छ ।

कांग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एशीया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा परिचित भएको दावी समेत गर्नु भयो । यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी मुलुक भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न मुलुकहरुको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको कांग्रेस नेता विश्वकर्माको तर्क छ ।

यस्तै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले पनि क्रिष्चियन धर्मको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको दावी गर्नु भयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले धर्म निरपेक्ष राष्ट्रको सरकार कुनै एउटा धर्मको प्रचारमा सहभागी हुनु, खर्च गर्नु संविधान विरोधी काम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले क्रिष्चियन धर्म प्रचार संस्थाले आयोजना गरेको कार्यक्रममा राज्य संयन्त्रको परिचालन हुनु आपत्तिजनक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *