Wednesday, October 28, 2020
Home > मुख्य समाचार > ४ देशका राजदुतको सुनुवाई मंसीर २३ गते

४ देशका राजदुतको सुनुवाई मंसीर २३ गते

काठमाडौ, १९ मंसिर । संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका ४ देशका राजदुतको सुनुवाई मंसीर २३ गते आईतबार गर्ने भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदुत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यसँग आगामी आईतबार २३ गते बिहान ११ बजे सुनुवाई गर्ने निर्णय गरेको हो । राष्ट्रको मर्यादा समेत राख्नुपर्ने भएकाले राजदुतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदुतहरुसँग पनि छलफल गर्ने निर्णय गरिएको पनि समितिले स्पष्ट पारेको छ । सरकारले सिफारिस गरेका चार राजदुतको उमेर हदमाथि प्रश्न उठाउँदै एक जनाको उजुरी परेको छ । राजदुत नियुक्तिका लागि कम्तिमा ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेमा अन्यथा भएको उजुरीमा उल्लेख गरिएको छ । संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका राजदुतहरुको योग्यता, क्षमता र कार्ययोजनाबारे सुनवाई गरेपछि सो सिफारिस अनुमोदन गर्ने÷नगर्ने निर्णय लिने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *