Saturday, March 23, 2019
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई

प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई

काठमाडौ, १९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई भएको बताउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले प्रतिनिधिसभा भवनको सभा हलमा कुर्सी, माईकलगायतको मर्मत कार्य पूरा नभएकाले संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको प्रष्टयाउनु भएको हो । आज सिंहदरबारमा आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सरकार संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा बिलम्व गर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री ढकालले सरकार संसदलाई छलेर अध्यादेशमार्फत् कानुन ल्याउने पक्षमा नरहेको पनि बताउनु भयो ।

मन्त्री ढकालले संघीय संसदको आगामी अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिने योजना रहेकोे पनि बताउनु भयो । फागुन पहिलो हप्ता भित्र नयाँ संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । मन्त्री ढकालले सरकार संविधानको भावना बमोजिम कानुन निर्माणको कामलाई अघि बढाउन प्रतिवद्ध रहेकोे पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *