Monday, January 18, 2021
Home > राष्ट्रिय समाचार > सरकारले गलत अर्थ नीति लिएको नेपाली काँग्रेसको दावी

सरकारले गलत अर्थ नीति लिएको नेपाली काँग्रेसको दावी

ललितपुर, १९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले गलत अर्थ नीति लिएको दावी गरेको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको आजको बैठकमा पेश गरिएको पार्टीको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा सरकारले लिएको अर्थनीति गलत रहेको उल्लेख गरिएको हो । सरकारले लिएको अर्थ नीतिको बाटोबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दावी पनि सो प्रतिवेदनमा गरिएको छ । पार्टीको अर्थनीतिसम्बन्धि प्रतिवेदन केन्द्रिय कार्य समितिमा पेश गर्दै काँग्रेस नेता डा. प्रकाशशरण महतले सरकारले ‘नियन्त्रण र निषेध’मा आधारित अर्थ नीति लिएकाले यसबाट मुलुकको समृद्धि सम्भव नरहेको दावी गर्नु भयो । उहाँले सरकारले लिएको गलत आर्थिक नीतिकै कारण गत वर्षभन्दा यस वर्ष वैदेशिक लगानी ७५ प्रतिशत कम हुन गएको दावी समेत गर्नु भयो । स्वदेशी पूँजी पलायत हुने क्रम बढदै जानुमा पनि सरकारको गलत नीति मुख्य कारण रहेको काँग्रेसको निष्कर्ष छ ।

नेता महत नेतृत्वको आर्थिक समितिले केन्द्रिय कार्य समितिमा पेश गरेको अर्थनीति सम्बन्धि प्रतिवेदनमा मुलुकलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । आसन्न मंसीर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा पेश गर्न पार्टीको आर्थिक समितिले सो प्रतिवेदन तयार पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *