Monday, April 06, 2020
Home > आर्थिक समाचार > नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको स्पष्टोक्ति

नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको स्पष्टोक्ति

काठमाडौ, २१ मंसिर । सरकारले नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको स्पष्ट पारेको छ ।

राजस्व सचिव शिशिरकुमार ढुंगानाले नेपाली छपाई कम्पनीसँग आवश्यक क्षमता नभएका कारण अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको प्रष्टयाउनु भएको हो । आज संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले स्वदेशी कम्पनीलाई नै सो स्टिकर छपाईको काम किन नदिएको भन्ने प्रश्न गरेपछि उहाँले नेपालको छपाई कम्पनीसँग क्षमता नरहेको जवाफ दिनु भएको हो । ढुंगानाले अन्त शुल्क स्टिकर संवेदनशील बस्तु भएकाले यसको सुरक्षालगायतका कारण पनि विदेशी छपाई कम्पनीलाई दिनुपर्ने बाध्यता रहेको स्पष्ट पार्नु भयो । सरकारले यो वर्ष पनि इन्डोनेशियाको छपाई कम्पनीलाई अन्तशुल्क स्टिकर छपाईको काम दिएपछि स्वदेशका छपाई कम्पनीहरुले त्यसको विरोध गर्दै सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए । राजस्व सचिव ढुंगानाले नेपालमा सो स्टिकर छपाउनका लागि आवश्यक प्रविधि समेत नरहेको दावी गर्नु भयो ।

राजस्व सचिव ढुंगानाले मदिराबाट उठने वार्षिक ५७ अर्व बराबरको राजस्व अपचलन हुन नदिन पनि सरकारले अन्त शुल्क स्टिर छपाईलाई व्यवस्थित बनाउन विदेशी कम्पनीलाई दिनु परेको समितिलाई जानकारी दिनु भयो । गत वर्ष सरकारले मदिराबाट मात्रै ५७ अर्व, ८७ करोड, २६ लाख ३५ हजार अन्त शुल्क अन्तरगतको राजस्व संकलन गरेको थियो । बैठकमा समितिका सदस्यहरुले नेपाली उद्योगीहरुलाई नै सो स्टिकर छपाईको जिम्मा दिने व्यवस्था नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *