Wednesday, October 21, 2020
Home > राष्ट्रिय समाचार > निर्मलाका लागि न्याय : इनरुवामा प्रदर्शन

निर्मलाका लागि न्याय : इनरुवामा प्रदर्शन

इनरुवा, २१ मंसिर । निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै सुनसरीको इनरुवामा युवाहरुले प्रर्दशन गरेका छन् ।

घटनाको अनुसन्धान रहस्यमयी बन्दै जाँदा हत्यारा पक्राउ गर्न नसक्नु सरकारको लाचारीपन भएको भन्दै युवाहरुले सरकार विरोधी नाराबाजी समेत गरेका छन । सरकार भेटियो, न्याय भेटिएन जस्ता प्ले कार्ड बोकी गरिएको सरकार विरोधी दबाब मूलक कार्यक्रममा प्रदेश सांसद ज्योति सुब्बासहित स्थानीय अधिकारकर्मीहरुले ऐक्यवद्धता जनाएका थिए । इनरुवाको खेल मैदानमा स्वतस्फूर्त भेला भएका युवासहित अधिकारकर्मीको भिडले नगरको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात लोकतान्त्रिक चौकमा सडक नाटक समेत प्रर्दशन गरिएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले मुलुकमा हत्या र हिंसाका घटना बढ्दै जानु दुखद भएको बताउँदै निर्मला हत्या घटनाको पर्दाफास गर्न नसक्नु सरकारको गैरजिम्मेबारीपन भएको औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *