Sunday, January 17, 2021
Home > खेलकुद समाचार > चेल्सीसँग पराजित भएसंगै सिटीको अपराजित यात्रा तोडियो

चेल्सीसँग पराजित भएसंगै सिटीको अपराजित यात्रा तोडियो

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ । चेल्सीसँग २–० ले पराजित भएपछि म्यानचेस्टर सिटीको यो सिजनको अपराजित यात्रा तोडिएको छ । अघिल्लो खेलमा कमजोर टोली उल्भरह्याम्टनसँग पराजित भएको चेल्सीले गएराति भएको खेलमा उत्कृष्ट जित निकाल्यो । चेल्सीको यो जितले म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्ण विराम लाग्यो । चेल्सीलाई जित दिलाउनकालागि एंगोलो कान्टे र डेविड लुइजले एकएक गोल गरेका थिए । दुबै गोलका लागि एडिन हाजार्डले एसिस्ट गरेका थिए । म्यानचेस्टर सिटीले भने एक गोल पनि फर्काउन सकेन । यो पराजयपछि म्यानचेस्टर सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा झरेको छ । उसको ४१ अंक छ भने बर्नमाउथलाई हराएको लिभरपुल ४२ अंकसहित पहिलो स्थानमा छ । चेल्सी ३४ अंक सहित चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *