Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौ, २४ मंसिर । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ ।

यसै अवसर पारेर आज बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो । काठमाडौंको भृकुटीमण्डपबाट सुरु गरिएको प्रभातफेरी रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर समापण गरिएको थियो । प्रभातफेरी कार्यक्रममा सहभागी भएका मानव अधिकारकर्मीहरुले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन । उनीहरुले महिला हत्या, हिंसालगायतका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको पूर्णप्रत्याभूति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले मानव अधिकार हनन्कर्तामाथि कडा कार्वाही गर्न पनि सरकारलाई पुनः सचेत गराउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालका घटनामा पीडितलाई न्याय दिन सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ । त्यसैगरी मानव अधिकारकर्मी सिताराम लामाले दण्डहिनताको अन्त्य गर्न सरकारसँग माग गर्नुभयो । उहाँले मानवअधिकारको प्रत्याभूति गराउने प्रतिवद्धताको पूर्ण पालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *