Sunday, December 15, 2019
Home > खेलकुद समाचार > चितवन टाइगर्सको दोस्रो हार

चितवन टाइगर्सको दोस्रो हार

काठमाडौ, २४ मंसिर । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा ललितपुर प्याट्रिएटससँग ११ रनले पराजित भएको चितवन आजको खेलमा पनि काठमाडौं किंग्स इलाभेनसँग ६ विकेटले पराजित भएको हो । १६१ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभर सकिन सात बल बाँकी छदै चार विकेटको क्षतिमा लक्ष्य भेटायो । काठमाडौंका लागि सुब्रामानियन आनन्दले अविजित ४३ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा काठमाडौंले विजयी सुरुवात गरेको छ । यता, चितवनका लागि भने साहब आलमले दुई विकेट लिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा १६० रन बनाएको थियो । चितवनले उत्कृष्ट सुरुवात गरेको थियो । ५३ रन हुदा पहिलो विकेट गुमाएको चितवनका लागि दीपेन्द्रसिंह ऐरीले ४५ रन बनाए । त्यस्तै, पाउल स्टिर्लिङले ३४ रन बनाएका थिए । बलिङतर्फ काठमाडौंका पर्दीप साहु र सामसद शिखले समान ३–३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *