Saturday, July 11, 2020
Home > खेलकुद समाचार > त्रिभुवन आर्मीको लगातार पाँचौ जित, बिबिसी १-० ले पराजित

त्रिभुवन आर्मीको लगातार पाँचौ जित, बिबिसी १-० ले पराजित

ललितपुर, २४ मंसिर । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं जित दर्ता गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको छ ।६७ औं मिनेटमा टंक बस्नेतको हेडगोल नै आर्मीको जितका लागि पर्याप्त रह्यो । ७ खेलमा आर्मीको यो पाँचौं जित हो । अपराजित आर्मीले २ खेलमा बराबरी गरेको थियो । १७ अंकसहित आर्मी चौथो स्थानमा यथावत रहेको छ । बिबिसीको यो पाँचौं हार हो । टोलीले १ जित र १ खेलमा बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *