Tuesday, August 04, 2020
Home > राष्ट्रिय समाचार > सुनसरीको कोशी गाउँपालिकामा प्रहरी कार्वाहीमा एकजनाको मृत्यु

सुनसरीको कोशी गाउँपालिकामा प्रहरी कार्वाहीमा एकजनाको मृत्यु

सुनसरी, २४ मंसिर । भारतसँग सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिकामा प्रहरी कार्वाहीमा एकजनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका ७ मा हतियारधारी समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरी माथि फायरिङ भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन १० राउण्ड गोली चलाएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार रातीको समयमा सूराकीका आधारमा सीमा क्षेत्रमा निगरानी बढाइको थियो । भारतबाट नेपाल प्रवेश गर्दै गरेको समूहलाई सोधपुछका क्रममा रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि जबाफी कार्वाही गरिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो । ५ जनाको समूहमा रहेको समूहले प्रहरी माथि गोली प्रहार गर्दै भाग्ने प्रयास गरेपछि जवाफी कार्वाहीमा उत्रिएको प्रहरीले चलाएको गोली लागि अन्दाजी ३५ वर्षिय एक पुरुषको घटनास्थलमा नै ज्यान गएको छ । मृतकको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मृतकको अहिले सम्म पहिचान भने खुल्न सकेको छैन् । दोहोरो गोली हानाहान भएकाले हतियारधारी समूहबाट कति राउण्ड गोली चलेको भन्ने विषय यकिन भैसकेको छ्रैन् । घटनास्थलबाट प्रहरीले लोड गरिएको दुईवटा पेस्तोल समेत बरामद गरेको जनाएको छ । गोलीलागि हतियारधारी समूह घाइते भएको हुन सक्ने अनुमान गरेको प्रहरीले रातीबाट नेपाल भारत सीमामा सर्च अप्रेशन जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *