Saturday, March 23, 2019
Home > राष्ट्रिय समाचार > केरुङ–काठमाडौं रेलमार्गबारे छलफल सुरु

केरुङ–काठमाडौं रेलमार्गबारे छलफल सुरु

काठमाडौ, २४ मंसिर । केरुङ–काठमाडौं रेलमार्गबारे छलफल सुरु भएको छ ।

उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ । चीनका उच्च स्तरीय सरकारी टोली र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवसहितको नेपाली पक्ष बीच छलफल सुरु भएको हो । बैठकमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर कसरी बनाउने भन्ने मोडालिटी बारे छलफल हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ । छलफल अहिले भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा बसिरहेको छ । यो छलफलले डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाउने मन्त्रालयले बताएको छ । साथै चिनिया टोलीले पोखराको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *