Monday, June 01, 2020
Home > खेलकुद समाचार > ईपिएलमा विराटनगर वारियर्सद्धारा लगातार दोस्रो जित दर्ता

ईपिएलमा विराटनगर वारियर्सद्धारा लगातार दोस्रो जित दर्ता

काठमाडौ, २५ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित हात पारेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित गर्याे । खेलको निर्धारित २० ओभरमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगरले ८४ रन मात्रै बनाउन सकेपछि स्कोर बराबरी भएको थियो । यसपछि एक ओभरको निर्णायक खेलमा विराटनगरका लागि करण केसीले २० रन जोडे । २१ रनको चुनौती पछ्याएको पोखराले १३ रन मात्रै बनाउन सक्यो । जितसँगै विराटनगरले ईपिएल क्रिकेटको अंक तालिकामा २ खेलबाट ४ अंक जोडेको छ । लगातार तिन खेल हारेको पोखरा भने अंकबिहिन अवस्थामा छ । ईपिएल क्रिकेटमा आजै हुने दोस्रो खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाईगर्सले सरद भेषावकरको भैरहवा ग्ल्याडिएटर्ससँग खेल्दैछ । प्रतियोगितामा लगातार दुई खेल हारेको चितवन आज पहिलो जितको खोजीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *