Thursday, June 04, 2020
Home > मुख्य समाचार > आज विवाह पञ्चमी मनाईदै

आज विवाह पञ्चमी मनाईदै

जनकपुर, २६ मंसिर । आज विवाह पञ्चमी । भगवान राम र सीताबीच विवाह भएको दिनको रुपमा रामजानकी विवाह महोत्सव आज भव्यताका साथ मनाइँदैछ ।

त्रेतायुगमा भगवान श्रीराम र जगत जननी सीताको विवाह भएको उत्सवलाई स्मरण गर्दै मंसिर शुक्ल पञ्चमी तिथिका दिन आज ऐतिहासिक धार्मिक नगर जनकपुरधाममा रामजानकी विवाह महोत्सव गरिन्छ । विवाह पंचमीका दिनमा प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर, दशरथ मन्दिरसहितका मन्दिरहरुमा पूजापाठ गर्न श्रद्धालु भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ । श्रद्धालुहरुले जनकपुरका गंगासागर, धनुषसागर, अरगजा पोखरीसहितका जलाशयहरुमा स्नान गरी जानकी मनिदर, राम मन्दिर, लक्ष्मण मन्दिर र दशरथ मन्दिरमा पूजापाठ गरिरहेका छन् । आज जनकपुरको रंगभूमि मैदानमा सीता स्वंयमवर कार्यक्रमको समेत आयोजना गरी विवाह महोत्सव मनाउने गरिन्छ । बेलुका जानकी मन्दिरमा वैदिक परम्पराअनुसार राम र सीताबीच वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न स्थानका साथै भारतको अयोध्या, वृन्दावन, मथुरा, कलकता, विहार, उत्तरप्रदेश, राजस्थानसहित विभिन्न स्थानहरुबाट हजारौंको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *