Friday, April 03, 2020
Home > खेलकुद समाचार > भैरहवा ग्लाडियटर्सद्धारा विराटनगर ४ विकेटले पराजित

भैरहवा ग्लाडियटर्सद्धारा विराटनगर ४ विकेटले पराजित

काठमाडौ, २६ मंसिर । एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा भैरहवाको यो लगातार तेस्रो जित हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १८ ओभर चार बलमा ९१ रनमा अलआउट भयो । २० रन बनाउँदा चार विकेट खेर फालेको विराटनगरले ६४ रनमा ६ विकेट गुमाएको थियो । उसका कप्तान पारस खड्का मात्र एक रनमा आउट भए भने अनिल शाह पनि चार रनमा पेभेलियन फर्किए । यस्तै रे भान देर मेर्वीले टिमका लागि २५ रन बनाए । सुनित महर्जनले १५ रन बनाउँदा करण केसीले १८ तथा हरि चौहानले १३ रनको योगदान गरे । बलिङमा मोहम्मद नाभिदले चार तथा अविनाश बोहरा र कृष्ण कार्कीले दुई–दुई विकेट लिए । जवाफमा भैरहवाले १९ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । भैरहवाले २४ रन बनाउँदा दुई विकेट गुमाएको थियो । ओपनर प्रदिप ऐरी १० तथा कुशल मल्ल सात रनमा आउट भएका थिए । रवि इन्दर सिंह पनि १२, रायन टेन डोइच्टेले २० तथा शरद भेषवाकरले १६ रनको योगदान गरे । अन्तिम ओभरमा भैरहवालाई जित्न ६ रन आवश्यक थियो । त्यो ६ रन भैरहवाले दुई बल अगावै पूरा गर्यो । प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । बलिङमा बिराटनगका रे भान देर मेर्वीले दुई तथा करण केसी, वसन्त रेग्मीले एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *