Thursday, June 04, 2020
Home > राष्ट्रिय समाचार > काठमाडौं–निजगढ द्र्रतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न सकिँदैन : गृहमन्त्री थापा

काठमाडौं–निजगढ द्र्रतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न सकिँदैन : गृहमन्त्री थापा

काठमाडौ, २७ मंसिर । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्र्रतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पार्नु भएको छ ।

सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला गृहमन्त्री थापाले जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने प्रष्टयाउनु भएको हो । बिहिबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले राज्यले तय गरेको मापदण्ड अनुसार नै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने बताउनु भयो । सो जग्गाको मात्रै मुआब्जा वृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा वृद्धि गर्नुपर्ने भएकाले पनि यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले खोकना र बुङमतीको जग्गाको मुआब्जा वृद्धि गर्न सरकारले तोकेको मापदण्ड मै पुनर्विचार गर्नुपर्ने पनि स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *