Saturday, August 08, 2020
Home > मनोरञ्जन समाचार > मदन भण्डारीको जीवनीमा आधारित नाटक ‘बर्बरिक’

मदन भण्डारीको जीवनीमा आधारित नाटक ‘बर्बरिक’

मोरङ, २७ मंसिर । जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक आजदेखि मोरङको झोराहाटमा मञ्चन सुरु भएको छ ।

झोराहाट नाट्य समूहको आयोजनामा सुरु नाटक पुस २ गतेसम्म मञ्चन हुनेछ । उपन्यासकार प्रदीप नेपालको उपन्यास बर्बरिकलाई साहित्यकार भरत गुरागाईंले नाट्य रुपान्तरण गर्नुभएको हो । जीवन बरालले निर्देशन गरेको नाटक १ घन्टाको छ । हरेक दिन ११ बजे र ४ बजे गरी दुई शो हुने नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिनुभयो । नाटकमा मदन भण्डारीको २०४४ देखि २०५० सालसम्मको जीवनयात्रालाई समेटिएको छ । नाटकमा गुरागाईंसहित प्रयाग न्यौपाने, डीवी बस्नेत, अनु श्रेष्ठ, सुदीपजंग कार्की, दीपा पोखरेल, निराशा ढुंगेललगायतले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *