Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > राम–जानकी विवाह महोत्सव सम्पन्न

राम–जानकी विवाह महोत्सव सम्पन्न

जनकपुर, २७ मंसिर । त्रेता युगमा भएको राम सिताको विवाहको सम्झानामा जनकपुरमा मनाइने साता व्यायापी विवाह पंचमी महोत्सव सम्पन्न भएको छ ।

विवाह पंचमी महोत्सवको अन्तिम दिनमा राम कलेवा सम्पन्न भएको छ । जानकी मन्दिरमा आयोजना गरिएको भव्य कार्यक्रममा जन्तीमा आएका साधु सनतहरुलाई भोजन गराउँदै विवाह पंचमी सम्पन्न भएको हो । भारतको अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिर परिसरमा आयोजित भण्डारामा पकवान खुवाएर राम कलेवा मनाइएको हो । महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा छ । भोजन पश्चात आज साधुसन्तलाई दक्षिणा दिएर विधिवत विदा गरिएको थियो । सो अवसरमा स्थानिय महिलाहरुले गित गराउँदै हास्यविनोद गरेका थिए । भगवान राम सिताको मानव आकृति बनाएर भोजन गराइनुको साथै झाकी प्रदर्शन गरिएको थियो । गत शुक्रबार सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज रामकलेवा मनाएर समापन भएको छ । विवाह पंचमीमा आएका श्रद्धालुहरु विहानैदेखि फर्किएका छन । पाँच दिनसम्म चलेको विवाहमहोत्सवमा अयोध्यादेखि जन्तीका रुपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितका भारतीय नागरिक र साधुसन्त जन्ती बनेर जनकपुरधाम आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *