Sunday, January 17, 2021
Home > राष्ट्रिय समाचार > ललितपुर महानगरपालिका ‘कला नगरी’ घोषित

ललितपुर महानगरपालिका ‘कला नगरी’ घोषित

ललितपुर, २८ मंसिर । विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ ।

नेपाल हस्तकला महासंघले आज ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औंपचारिक जानकारी गराएको हो । कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला परिषदले एक महिना अघि ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो । सोही विषयको औंपचारिक जानकारी शुक्रबार गराइएको हो । कला र कलाकारहरु रहेकाले विश्व कला परिषदले ललितपुरलाई पनि कला नगरीको रुपमा घोषणा गरेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले प्राचीन कला र संस्कृतिले भरिपूर्ण भएकाले ललितपुर नगरीको महत्व विश्वमा बढदै गएको स्मरण गराउनुभयो । उहाँले ललितपुरलाई अझै परिचित गराउन यहाँको ऐतिहासिक घटनाहरुको अभिलेख राख्न पनि नेपाल हस्तकला महासंघलाई आग्रह गर्नुभयो । संस्कृतिविद् जोशीले ललितपुर नगरीलाई अझै सम्पन्न बनाउन यहाँको कला, संस्कृतिको विकासमा अझै जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिको रुपमा विश्वमाझ परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *